काठमाडौं । शनिबार यस्तो अर्को डरलाग्दो टिपर दुर्घटना भएको छ ।ललितपुरको बालकुमारीमा डरलाग्दो गरी ट्रक दुर्घटना भएको हो । कोटेश्वर–कलंकी सडक खण्डको बालकुमारीमा बा ४ ख ७८०२ नम्बरको टिपर शनिबार बिहान साढे २ बजे दुर्घटनामा परेको हो ।
बाटोमा गुडिरहेको टिपर सडकबीचको डिभाइडरमा ठक्कर दिँदै रेलिङ भत्काएर किनारमा पार्किङ गरी राखेको अर्काे ट्रकमा ठक्कर खाई नजिकैको टहरोमा गएर जोतिएको थियो ।
दुर्घटनामा कुनै मानवीय क्षति नभएको प्रहरीले जनाएको छ । टिपरका चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।








