काठमाडौं । यातायात व्यवस्था विभागको पहलमा यातायात कम्पनीहरुले दशैंमा उपत्यकाबाट बाहिरिने यात्रुको लागि आजदेखि बसको टिकट बुकिङ खुला हुने भएको छ । यातायात कम्पनीहरुले आइतबारबाट लामो दूरीमा चल्ने बसको अग्रिम टिकट बुकिङ खुला गरेका हुन् । नजिकका जिल्लाका लागि भने केही दिनपछि बुकिङ खुल्ने नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलाले जानकारी दिए ।
आइतबारबाट कलंकी, बल्खु, नयाँ बसपार्क, पुरानो बसपार्क, कोटेश्वर, तिलगंगा, चाबहिल, स्वयम्भू, सुन्धारा, नागढुंगा, जगाती र लगनखेल लगयतका स्थानमा अग्रिम बुकिङ सुरु हुनेछ । दशैंमा करिब ३० देखि ३५ लाखले काठमाडौं छाड्ने अनुमान छ । यसरी घर फर्किनेमा अधिकांश सार्वजनिक यातायातकै प्रयोग गर्नेहरु हुन्छन् ।








