काठमाडौं । केहि दिनयता केही कमजोर बनेको मनसुन (पानी पार्ने प्रणाली) शनिबार देखि पुनः सक्रिय हुँदै गएको मौसमविद्ले बताएका छन्।शनिबार रातिदेखि फेरि धेरै ठाउँमा पानी पर्ने अनुमान गरेका छन् । पश्चिम भारतमा बनेको न्यूनचापीय क्षेत्रको असरले शनिबार रातिदेखि मध्य र पूर्वी नेपालमा पानी पर्ने सम्भावना रहेको मौसमविद् समिर श्रेष्ठले बताए । उनका अनुसार अहिले मध्य र पूर्वी तराईमा सामान्यदेखि पूर्णसम्म तथा देशका अन्य भागमा आंशिकदेखि सामान्यसम्म बदली छ।
पश्चिम भारतमा बनेको न्यूनचापीय क्षेत्रका कारण नेपालमा पानी पार्ने बादलसहितको हावा आउँछ । त्यही हावाले नेपालमा पानी पर्छ । तर गएको बुधबार र बिहीबारको जस्तो लगातार वर्षा भने नहुने उनको अनुमान छ ।
यस्तो छ आगामी तीन दिनको मौसम पूर्वानुमान
असोज ०४ गते शनिबार
दिउँसो : देशभरि आंशिकदेखि सामान्यसम्म बदली रही एक(दुई स्थानमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यमसम्म वर्षा हुनेछ।
राति : देशका मध्य र पूर्वी भूभागमा सामान्यदेखि पूर्णसम्म बदली रही केही स्थानमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यमसम्म वर्षा हुनेछ। देशका पश्चिमी भूभागमा आंशिकदेखि सामान्यसम्म बदली रही थोरै स्थानमा हल्कादेखि मध्यमसम्म वर्षा हुनेछ।
असोज ०५ गते आइतबार
दिउँसो : देशभर सामान्यदेखि पूर्णसम्म बदली रहनेछ। देशका केही स्थानमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यमसम्म वर्षा हुनेछ।
राति : देशभर सामान्यदेखि पूर्णसम्म बदली रही केही स्थानमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यमसम्म वर्षा हुनेछ। मध्य तथा पूर्वका पहाडी भेगका एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना छ।
असोज ०६ गते सोमबार
दिउँसो : देशभरी आंशिक देखि सामान्य बदली रहनेछ। एक-दुई स्थानमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यमसम्म वर्षा हुनेछ।
राति : देशभर सामान्य बदली रहनेछ। केही स्थानमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यमसम्म वर्षा हुनेछ। पूर्वका पहाडी भेगका एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना छ।







