काबुल, राष्ट्रिय सेनाको सहयोगमा विभिन्न प्रहरी टोलीद्वारा गरिएको गएको २४
घण्टाको कारबाहीमा ६४ सशस्त्र विद्रोही लडाकूको मृत्यु भएको यहाँको गृह मन्त्रालयले जनाएको छ ।
गृह मन्त्रालयद्वारा आइतबार जारी विज्ञप्तिमामार्फत उक्त जानकारी गराइएको हो ।
विज्ञप्तिमा भनिएको छ, “राज्यको ठाकर, फरथाव, जाबुल, उरुजगान, लोगार, घान्जी, खोस्ट, हेराट तथा हेलमान्डमा गरिएको प्रहरी कारबाहीमा ६४ जनाको मृत्यु भएको छ । साथै अन्य ५२ लडाकू घाइते भएका छन् ।”
मन्त्रालयले सुरक्षाकर्मीतर्फ मृत्यु तथा घाइते भए नभएको भने केही जनाएको छैन । यसबारे तालिवानी समूहबाट केही प्रतिक्रिया आइसकेको छैन ।





