रवि लामिछानेबिरुद्ध कञ्चनपुर अदालतमा मुद्दा दायर

काठमाडौं । चितवन जिल्ला अदालतको आदेशमा धरौटीमा रिहा भएका सञ्चारकर्मी रवी लामिछाने र निर्मला पन्तको बलात्कारपछि हत्या प्रकरणमा निलम्बित प्रहरी सहायक उपरीक्षक अंगुर जिसीबिरुद्ध कञ्चनपुर जिल्ला अदालतमा अर्काे मुद्दा दायर भएको छ । न्यूज २४ बाट प्रसारित ‘सिधाकुरा जनतासँग’ कार्यक्रमबाट रवि र अंगुर जिसीले दिलिप सिंह बिष्टलाई जवरजस्ती हत्यारा बनाएको भन्दै उनका दाजुले जिल्ला अदालतमा मुद्दा दायर गरेका छन् ।

सिधाकुरा जनतासँग कार्यक्रमबाट उनीहरु दुवै जनाले अदालतको अवहेलना गरेको भन्दै उनीहरुबिरुद्ध मुद्दा दायर गरिएको छ । निर्मला पन्तको बलात्कारपछि हत्यामा प्रमाण नष्ट गरेको आरोपमा जिसी निलम्बिनमा छन् । अदालतमा मुद्दा चलिरहेका बेला डिएसपी जिसीलाई निर्दोष सावित गर्ने हेतुले ‘सिधाकुरा जनतासँग’ कार्यक्रममार्फत रविले अन्तर्वार्ता गरेको र अदालतले निर्दोष सावित गरेका कञ्चनपुरका दिलिपसिंह विष्टलाई दोषी किटान गरेको भन्दै खड्क बिष्टले मुद्दा दायर गरेका छन् । खड्ग विष्ट दिलिप विष्टका दाजु हुन् ।

खड्क बिष्टका नामबाट उहाँहरु दुवैजना बिरुद्ध अदालतको मानहानीमा मुद्दा परेको छ, कञ्चनपुर जिल्ला अदालतका श्रेष्तेदार हरिकृष्ण अवस्थीले बताए।

सम्बन्धित शिर्षकहरु