माघ १, सिड्नी- “फुटबलका माध्यमबाट सद्भाव र समृद्दी” भन्ने नाराका साथ् सिड्नीस्थित रिक्रियसन रिजर्भ, टेम्पेमा चौथो बहुसांस्कृतिक फुटबल प्रतियोगिता आयोजना हुने भएको छ । सिड्नी फ्रेन्डशिप ग्रुप र एच आर डी इभेन्टको संयुक्त आयोजनामा आउदो अप्रिल १ देखि ३ सम्म उक्त प्रतियोगिता गर्न लागिएको एक बिज्ञप्ति मार्फत आयोजकले जानकारी गराएका छन् ।
“स्वास्थ्यका लागि फुटबल” प्रोजेक्ट अन्तर्गत हुन् लागेको यो प्रतियोगिताको मूल उद्देस्य अस्ट्रेलियामा रहेका सबै समुदायलाई एकै ठाउमा ल्याई सद्भावको संदेश दिनु रहेको छ । सन् २०१२ देखी आयोजना हुदै आएको यो प्रतियोगितामा यस बर्ष बढीमा ५० टिमको सहभागिता हुने आयोजकले बताएका छन् ।
प्रतियोगिता सानो मैदान र गोल पोस्ट राखेर खेलाइने छ भने बाल बच्चाको लागि छुट्टै मनोरन्जनात्मक व्यवस्था छ ।








