घातक बन्दै विवाहइतर सम्बन्ध, पछिल्लो उदाहरण शालिकराम पुडासैनी

काठमाडौं । पछिल्लो समय भएका केही हत्या तथा आत्महत्या वैवाहिक सम्बन्धमा बाँधिएका परपुरुष वा परस्त्रीसँगको अनैतिक सम्बन्धका कारण भएको प्रहरी अनुसन्धानले देखाएको छ ।  विवाहइतर सम्बन्धका कारण इतरम्बिन्धमा रहेकाहरुबीच खटपट हुँदै परिवारमा समेत जानकारी आएपछि अन्तिममा आत्महत्यासम्म हुने गरेको पछिल्ला केही घटनाले देखाएको खबर आजको राजधानी दैनिकमा छापिएको छ।

घटना १ : २४ चैतमा भरतपुर ११ चितवनमा माया आलेमगरसहित एउटै कोठामा सलको पासो लगाएर तीन जनाले आत्महत्या गरे
घटना २ : २० साउनमा पत्रकार शालिकराम पुडासैनीद्वारा आत्महत्या
घटना ३ : ३२ साउनमा सुनधाराको एक होटलबाट तनहुँकी ३८ वर्षीया दिलमाया गुरुङद्वारा हामफालेर आत्महत्या
घटना ४ : १ भदौमा स्वयम्भू ठूलोभ¥याङमा प्रेमिकाको कोठामा प्रहरी जवान शंकर ठगुन्नाद्वारा झुन्डिएर आत्महत्या
घटना ५ : बौद्ध आरुबारीस्थित ओम साइबाबा काष्ठ उद्योगका सञ्चालक खेमराज अधिकारीद्वारा ४ भदौमा प्रेमिकासँगको सम्बन्धका कारण आत्महत्या
घटना ६ : ४ भदौमा नै गोंगबुस्थित मोरङ पर्वत गेस्ट हाउसको कोठा नम्बर १११ मा चितवनका ३७ वर्षीय यमबहादुर मगर र काभ्रेकी ३० वर्षीया सविना बजगाईं मृत फेला
घटना ७ : १६ असारमा भक्तपुरको चाँगुनारायण नगरपालिका–७ बाँसबारीकी ६१ वर्षीया सावित्रा भट्टराईको हत्यामा उनकै छोरीको संलग्नता

सम्बन्धित शिर्षकहरु