काठमाडौँ आउने बुद्ध एयरबुद्ध एयर नउडेपछि दुई यात्रुले मच्चाए हंगामा

विराटनगर । विराटनगरबाट काठमाडौँ आउने बुद्ध एयरको उडान अवरुद्ध हुँदा सोही विमानमा यात्रा गर्न लागेका दुई जना यात्रुले हंगामा मच्चाएका छन् । खराब मौसमका कारण विमान अवरुद्ध भएको विमानका कर्मचारीले जनाए पनि उनीहरुले आफूहरुलाई अलपत्र पारेको भन्दै कर्मचारीमाथि खनिएका हुन् ।

अन्ततः बुद्ध एयरका कर्मचारीले ती यात्रुसँग सहमति गरेर शुक्रबार विहानको पहिलो फ्लाइटमै काठमाडौं पठाउने निर्णय गरेपछि विवाद सुल्झिएको थियो ।

बुद्ध एयरको शुक्रबार विहानको फ्लाइट १० बजेर १० मिनेटमा उड्ने कार्यतालिका रहेको छ । विराटनगरबाट विमान काठमाडौं आइपुग्न झण्डै ३० देख ३५ मिनेटको समय लाग्छ ।

सम्बन्धित शिर्षकहरु