गुल्मी । गुल्मीमा बाढि पहिरोमा परि ११ ले ज्यान गुमाएका छन् । सत्यवती गाउँपालिकामा वडा नम्वर ४ लिम्घामा बेपत्ता भएका भएका २ जना एक बालिका र एक डेढ वर्षीया बालिकाको शव प्रहरीले बुधबार फेला परेको छ । यो सहित त्यस गाउँमा ८ जनाको मृत्यु भएको छ भने एकै परिवारका ६ जना परेका छन् । वडा नम्वर ३ को ठुलो लुम्पेकसहित मृतकको संख्या ११ पुगेको छ भने बेपत्ता २ जना रहेका छन् ।
मृतकमध्ये ७० वर्षीया छलि बिक र ९ वर्षीया सिवानी बिक हजुरआमा र नातिनी एकाघरका हुन भने ३२ वर्षीया निर्मला र २९ वर्षीया पम्पा विक एकाघरका जेठानी दिदी बहिनी र माइतीका पनि दिदी बहिनी हुन् ।
उनीहरुका सन्तानहरु ५ वर्षीय हिमान्सु, बेपत्ता भई आज मृत फेला परेका तारा विक र डेढ वर्षीय सुमन विक हुन् । १२ वर्षीया अञ्जली विक सानीआमा पम्फी विकको घरमा उसै दिन साँझ पाहुना बस्न आएर ज्यान गएको हो भने पम्फीका ९ वर्षीया छोरा फेरि मवालीमा पाहुना बस्न गएर बाँच्न सफल भएका छन् ।







