सिड्नीको ओपेराको प्राङ्गणमा नेपालीहरूको योग तथा ध्यानको ऐतिहासिक प्रदर्शनी

महेश्वर शर्मा,असनेपालन्युज ,सिड्नी । सिड्नीको मुटु ओपेरा हाउसमा नेपाली योगगुरु को अगुवाईमा एक ऐतिहासिक विश्व योग दिवस शिविर सन्चालन भएको छ । अस्ट्रेलिया  लगायत विश्वका विभिन्न देशमा योग , ध्यान , पुर्वीय दर्शन तथा उत्प्रेरणाका कार्यक्रम आयोजना गर्दै सकारात्मक सोच अभियान लाई विस्तार गरिरहनु भएका योग गुरु तथा उत्प्रेरक वक्त्ता आचार्य राजन शर्मा(भिमसेन सापकोटा)ले आइतवार एक समारोहका विच नेपाली तथा अन्य देशका बहुसामुदायीक योग प्रेमिहरूलाई सो शिविरमा सहभागि गराउनु भयो । संयुक्त्त राष्ट्र संघले घोषणा गरे मुताविक  “अन्तर्रास्ट्रिय योग दिवस २०१७  ” को उपलक्ष्यमा सिड्नीको ओपेरा प्राङ्गण मा ऐतिहासिक  योग दिवस भब्यताका साथ मनाइएको हो ।  विश्व शान्ति तथा अध्यात्म- विज्ञान समाज, (जीएसपीएस ) को आयोजनामा बहुसामुदायिक योग अध्यात्म प्रेमिहरूको माझ सो कार्यक्रम आज सन्पन्न गरिएको सो समाजका अन्तर्रास्ट्रिय संयोजक बब आधारले बताउनु भयो ।

कार्यक्रममा अस्ट्रेलियाको पहिलो रजिस्ट्रड नेपाली योग प्रशिक्षक समेत रहनु भएका  आचार्य राजन शर्माले प्रस्तुत गएको शिविरमा सहभागीहरू कहिले पेट मिची हांसेका थिए भने कहिले ध्यान मग्न बन्दै योगमा तल्लिन बनेको सन्दर्भ ओपेरा आसपासकै आकर्षण बनेको थियो ।  संयुक्त राष्ट्र संघ अन्तर्गत विश्व शान्ति परिषदको शान्तिदुत समेत रहनु भएको आचार्य शर्माले यस अघि सन् २०१६ मा समेत १ हजार भन्दा बढी सहभागीहरूलाई सो अवसरमा योग तथा ध्यान प्रशिक्षण गराउंनु भएको थियो । जीवनमा गर्नै पर्ने कामहरू पछि परिरहेको अवस्थामामा संस्थाले आयोजना गरेको सो ऐतिहासिक कार्यक्रममा थूप्रै नेपाली समुदाय दथा विदेशिहरुको बाक्लो सहभागिता रहेको थियो। सहभागीहरुले सो यो कार्यक्रम अत्यन्तै लाभदायी भएको र ओपेरा हाउसमा यस्तो एैतिहासिक कार्यक्रम गरेको मा पूर्वीय योग विज्ञानको महत्वको उचाई अझ बढेको बताउंनु भयो ।
सो अवसरमा नेपाली पहिचान सहित ओपेरा वरिपरि योग पदयात्रा,ओपेरा हाउस नजिकको प्राङ्गणमा योग , ध्यान , हांस्य चिकित्सा , मन्त्र उच्चारण, तनाव ब्यवस्थापनका विविध कार्यक्रम पश्चात निशुल्क सात्विक भोजन समेत उपलब्ध गराइएको थियो। सो कार्यक्रममा नेपाली समुदाय मात्रै नभै फिजी ,अस्ट्रेलिया , न्युजिल्यान्ड,  भारत र  ओपेरा घुम्न आउने अन्य  विदेशिहरु समेत उत्सुकताका साथ सहभागि भएको संस्थाका महासचिव विदुर प्रसाद सापकोटाले बताउंनुभयो। सो कार्यक्रमले योग र आरोग्यता को बृदि गर्नुका साथै विश्व सामु नेपालको परिचय समेत बढ्ने संस्थाका कोषाध्यक्ष चुरा मणि वेलवासे सो कार्यक्रममा बताउंनुभयो। नेपालको पर्यटन प्रवर्द्दन समेत भएको र स्वास्थ्य र धेरैलाई  शान्ति र आरोग्य लाभ समेत हासिल गरेको सहभागीहरूको प्रतिकृया थियो ।
निशुल्क प्रवेश रहेको सो कार्यक्रम जुन १८ तारिख ११ :३० बजे देखी १ :३० बजे सम्म ओपेरा हाउस अगाडिको प्राङ्गणमा भएको थियो।संयुक्त्त राष्ट्र संघले मानव बिकासमा  योगको महत्व बुझेर  विगत ३ वर्ष देखि ‘अन्तर्रास्ट्रिय योग दिवस विश्वका विभिन्न देशमा मनाउंदै आएको छ ।  तस्विर :असनेपाल न्युज ।

थियो।

सम्बन्धित शिर्षकहरु