अप्राकृतिक मैथुन गराउने अस्ट्रेलियन नागरिक पोखरामा पक्राउ

काठमाडौ । दुई जना नेपाली बालकलाई कोठामा बन्दी बनाई अप्राकृतिक मैथुन गराउने अस्ट्रेलियन नागरिक बेरीम्यान थोमस एल्फ्रेडलाई प्रहरीले मंगलबार पोखराबाट पक्राउ गरेको छ ।प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो (सीआइबी)ले ६३ बर्षिय बेरीम्यानलाई पोखरा–६ डिही पाटनस्थित कोठाबाट नियन्त्रणमा लिई पीडित दुई बालको उद्दार गरेको हो ।

सीआइबीका अनुसार प्याराग्लाइडिङ पाइलटको वर्किङ भिसामा नेपाल बसेका बेरीम्यानले नेपाली बालकहरूलाई ललाई फकाई अप्राकृतिक मैथुन गराउँदै आएका थिए । बाल यौन दुराचारीलाई अन्तर्राष्ट्रिय कानुनले पेडोफिल अपराध अन्तर्गत व्याख्या गरेको छ ।

सम्बन्धित शिर्षकहरु