देशभरका ७ विमानस्थलमा उडान अवरुद्ध

काठमाडौं । आज विहानैदेखि परेको अविरल वर्षाका कारण देशभरीका विभिन्न ७ विमानस्थलमा उडान तथा अवतरण अवरुद्ध भएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका प्रमुख राजकुमार क्षेत्रीका अनुसार अहिले पोखरा, सिमरा, तुम्लिङटार र लुक्ला विमानस्थलमा उडान तथा अवतरण बन्द भएको छ।

बिहान मौसमका कारण बन्द भएको विराटनगर, भद्रपुर र जनकपुरधाम विमानस्थलमा भने उडान सुचारु भइसकेको विमानस्थल कार्यालयले जनाएको छ।
विमानस्थल अवरुद्ध भएपछि गन्तव्यमा जान निस्किएको यात्रु अलपत्र परेका छन् । विमानस्थलका अनुसार झापाको चन्द्रगढी, विराटनगर, जनकपुर, सिमरा, लुक्ला र चितवनको भरतपुर र पोखरा विमानस्थलमा उडान तथा अवतरण अवरुद्ध भएको हो ।

वर्षाका कारण उडान तथा अवतरणका लागि आवश्यक पर्ने भिजिविलिटी कमजोर भएकाले उडान तथा अवतरण अवरुद्ध भएको हो । कार्यालयका अनुसार कतिपय विमानस्थलको धावनमार्गमा पानी जमेको छ ।

सम्बन्धित शिर्षकहरु