काठमाडौं । पूर्वप्रधानमन्त्री तथा समाजवादी पार्टी नेपालका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले धान दिवसका अवसरमा हिलोआली गरेका छन् । उनले हिल्याएको ठाउँमा दाँदे लगाउँदै गरेको तस्बिर आफ्नो सामाजिक सञ्जालमा राखेका छन् । उनले पालुंगटार नपा-१ मा हिलोआली गरेका हुन् । आज नेपालभर धान दिवस, रोपाइँ यात्रा आदि नामले मनाइँदै छ । कृषिप्रधान देश भएकाले नेपालका अधिकांश मानिसको पेसा खेतीपाती हो ।












