काठमाडौं, अभिनेत्री करिश्मा मानन्धरले सम्झना उप्रेती रौनियारको निर्देशनमा निर्माण गरेको ‘फागु’मा शिल्पा पोखरेल एक्सन अवतारमा प्रस्तुत भएकी छिन् । यसअघि छविराज ओझाको ‘हवलदार सुन्तली’मा पनि एक्सन भूमिकामा देखिएकी शिल्पालाई फागुमा अझ सशक्त एक्सनमा देख्न पाइने निर्देशक रौनियार बताउँछिन् ।
७ फागुनमा प्रदर्शन हुुन लागेको फिल्ममा शिल्पाका साथै राजेश हमाल, गौरी मल्ल, टीका पहाडी, प्रमोद अग्रहरि, नवअभिनेता सुवास पराजुली प्रमुख भूमिकामा छन् । रामशरण उप्रेतीले खिचेको फिल्मको कोरियोग्राफी कमल राईले गरेका हुन् । वसन्त सापकोटाको संगीत, हिमाल केसीको द्वन्द्व निर्देशन र रामजी लामिछानेको पाश्र्व संगीत रहेको फिल्मका निर्माता विनोद मानन्धर हुन् । नयाँ पत्रिका







