एउटै गुणका कारण मानिस पशुभन्दा फरक

भोजन, निन्द्रा, भय, मैथुन यी मानिस र पशुमा समान छन्। मानिसमा केवल एउटै गुण बढी छ, त्यो हो ज्ञान। ज्ञानरहित मानिस पशुसमान हुन्छ। चाणक्य नीतिमा उल्लेख छ, गुणका कारण नै प्राणीहरूले उत्तम स्थान पाउँछन्, उच्च आसनमा बस्नाले होइन। घरमाथि बस्दै काग गरुड हुन सक्दैन। काटिएपछि पनि चन्दनको वृक्षले सुगन्ध त्याग्दैन। कोलमा पेलिए पनि उखुले मधुरता छाड्दैन। बूढो भएर पनि गजपति विासिता छाड्दैन। त्यसैगरी दरिद्र हुँदा पनि सज्जनहरू सुशीलता आदि गुण त्याग्दैनन्।

सम्बन्धित शिर्षकहरु