पाँच भारतीयको नागरिकता रद्द

काठमाडौं । झुठो विवरण दिइ भारतीय नागरिकले नेपाली नागरिकता बनाएको भन्दै सरकारले उनीहरुको नागरिकता रद्द गर्ने निर्णय गरेको छ । सञ्चारमन्त्री गोकुल बाँस्कोटाका अनुसार सप्तरीबाट नागरिकता लिने भारतीय नागरिक जीवनकुमार सिंह, धनुषाबाट नागरिकता लिने धमेन्द्र ठाकुर र अजयकुमार ठाकुर, यस्तै रौतहटबाट नागरिकता लिएका जमुना राउत भनी चिनिने युमना सिंह र कृपाली राउत भनेर चिनिने कृपाली सिंहको नेपाली नागरिकता रद्द गरिएको हो ।

यसैगरी मन्त्रिपरिषद्ले विभिन्न कलेजलाई नयाँ शैक्षिक कार्यक्रम शुरु गर्न अनुमति दिएको छ । युनाइटेड टेक्निकल कलेज भरतपुरलाई बीइ कम्प्युटर इञ्जिनीयरिङमा ४८ जना, एभरेष्ट इञ्जिनीयरिङ उण्ड म्यानजेमेन्ट कलेज बुद्धनगरलाई बीइ इन्फरमेशन टेक्नोलोजीमा ९६ जना विद्यार्थी पढाउन अनुमति दिइएको छ ।

गण्डकी कलेज अफ इञ्जिनीयरिङ उण्ड साइन्स पोखरालाई बीई कम्प्युटर इञ्जिनीयरिङका लागि ४८ जना, कसमस कलेज अफ म्यानेजमेन्ट एण्ड टेक्नोलोजी ललितपुरलाई व्याचर अफ आर्किटेक्चरमा ४८ जना, पूर्वाञ्चल विश्वविद्यालय स्कुल अफ इञ्जिनीयरिङ एण्ड टेक्नोलोजी विराटनगरलाई बिइ सिभिल इञ्जिनीयरिङमा ९६ जना र द हिमाल एजुकेशनल फाउण्डेशन एण्ड रिसर्च सेन्टर मातहतको रिज् कलेज अफ इञ्जिनीयरिङ एण्ड म्यानेजमेन्ट बालकुमारी ललितपुरलार्ई बिइ सिभिलमा ४८ जना र मदन भण्डारी स्मृति प्रतिष्ठान नेपाल उर्लाबारी मोरङलाई बिइ सिभिल इञ्जिनीयरिङ स्नातकमा विद्यार्थीलाई ४८ जना र कम्प्युटर इञ्जिनीयरिङमा ४८ जना विद्यार्थीलाई पढाउन स्वीकृति दिइएको छ ।

सम्बन्धित शिर्षकहरु