६ मन्त्री हेरफेर गर्दै ओली प्रचण्ड, यी हुन् मन्त्रीका आकांक्षी नेता

काठमाडौं । सरकारमा रहेका मन्त्रीको जिम्मेवारीमा हेरफेर हुने भएको छ। प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालबीच बुधबार भएको छलफलमा कम्तिमा ६ जना मन्त्री हेरफेर गर्ने सहमति भएको खबर आजको अन्नपूर्ण पोष्ट दैनिकमा रामकृष्ण अधिकारीले लेखेका छन्।

सहमतिपछि मन्त्रिमण्डलमा हेरफेरका लागि दुबै अध्यक्ष गृहकार्यमा जुटेका छन्। ओली प्रचण्डले बिहीबार पूर्वएमाले र पूर्वमाओवादीका आकांक्षी सांसदसँग छलफल गर्न लागेका छन्। प्रधामन्त्री ओलीले सांसद महेश बस्नेत, पार्वत गुरुङ र योगेश भट्टराईलाई छलफलका लागि बालुवाटार बोलाएका छन्। त्यस्तै अर्का अध्यक्ष दाहालले मन्त्री बन्न आकांक्षी सांसदहरु जनार्दन शर्मा, प्रभु शाह र देवेन्द्र पौडेलललाई आफ्नो निवास खुमलटार बोलाएका छन्।

अध्यक्षद्वयले सांसदहरुसँग छलफल गरेपछि मन्त्रिमण्डलमा हेरफेर हुने उच्च श्रोतले बताएको छ।

तर, कुन -कुन मन्त्रीलाई हटाउने भन्नेबारे केही खुलाइएको छैन।
त्यसबाहेक इंग्ल्याण्डले बंगलादेश, श्रीलंका र पाकिस्तानविरुद्धको खेलको नतिजामा पनि भर पर्नुपर्नेछ।
कप्तान आरोन फिन्चको शतकसँगै सुरुमा अष्ट्रेलिया १७३–२ को स्थितिमा थियो। तर, इंग्ल्याण्डले उनीहरुलाई २८५–७ को रनमा रोकिदियो।

मध्यम लक्ष्य पाएपनि अष्ट्रेलिया पेश बलर सामु इंग्ल्याण्डका ब्याट्सम्यानहरु निरीह देखिए। माथिल्लोक्रम नचल्दा ५३–४ को स्थितिमा रहेको इंग्ल्याण्डलाई बेन स्टोक्सले ८९ रनको पारी खेल्दै अघि बढाए। तर, मिचेल स्टार्कले उनलाई बोल्ड पारेसँगै इंग्ल्याण्ड २२१ मा अलआउट भयो।

सम्बन्धित शिर्षकहरु