तीनकुने जडीबुटीमा सुरुङ मार्ग र वानेश्वरमा अन्डर पास,पेट्रोल डिजेलमा कर थपियो

काठमाडौं । उपत्यकाको ट्राफिक जामलाई कम गर्न सुरुङ मार्ग निर्माणका लागि बजेट विनियोजन गरिएको छ। तीनकुने जडिबुटी र कोटेश्वर सुरुङ मार्ग निर्माण गर्न लागिएको अर्थमन्त्री युवराज खतिवडाले बजेट भाषणबाट जानकारी दिए।

त्यस्तै नयाँ बानेश्वरमा अण्डरपासका लागि बजेट बिनियोजन गरिएको छ। सडकमा संकेत बत्ती राख्ने कार्यक्रम पनि बजेटमा समेटिएको छ। त्यस्तै सरकारले सडक निर्माण तथा सम्भारका लागि भन्दै पेट्रोलियम पदार्थमा अतिरिक्त शुल्क लिने भएको छ। आगामी वर्षको बजेटबाट प्रतिलिटर डिजेल र पेट्रोलमा १ रुपैयाँ शुल्क लिने अर्थन्त्री युवराज खतिवडाले जानकारी दिए।

सम्बन्धित शिर्षकहरु