‘महिलाका लागि संविधानको मस्यौदा प्रतिगमनकारी’

nagariktaकाठमाडौँ, १६ असार । नयाँ संविधानको मस्यौदा संविधानसभामा पेश हुँदै गर्दा फेरि एउटा प्रश्न सम्मुखमा आएको छ–आमा आफ्नो सन्तानलाई जन्म दिन सक्छिन्, तर आफ्नो नाममा नागरिकताको प्रमाणपत्र दिन किन सक्दिनन् ?

संविधानको प्रस्तावित मस्यौदाले आमा र बाबु दुवैले स्वकृति दिए पछि मात्रै सन्तानले वंशजको नागरिकता प्रमाणपत्र पाउन सक्ने प्रस्ताव गरेको छ । कुनै उल्लेख्य फेरवदल भएन भने अन्तरिम संविधान २०६३ भन्दा आगामी संविधान ‘प्रतिगमनकारी’ हुने महिला अधिकारवादीहरूको भनाई छ । सोमबार र मंगलबार अधिकारकर्मीहरूले संबिधानसभा भवन अघिल्तिर प्रस्तावित मस्यौदाको विरोध समेत गरेको समाचार आजको कान्तिपुर दैनिकमा छ ।

सम्बन्धित शिर्षकहरु