विप्लव समूहद्वारा मकवानपुरमा दुई वटा ट्रकमा आगजनी

हेटौडा । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका कार्यकर्ताले बन्दका क्रममा सोमबार बिहानै हेटौडाको चौकीटोलमा ट्रक आगजनी गरेका छन् । त्रिभुवन राजपथ अन्तर्गत हेटौडाको चौकीटोलमा प्रहरी चौकी नजिकै ना७ख ९४९३ नम्बरको मिनी ट्रकमा आगजनी गराएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक यज्ञप्रसाद भटराईले बताए । आगजनीका कारण गाडीका पूर्णरूपमा जलेको छ ।

बन्दको पूर्वसन्ध्यामा राति १ बजेको समयमा हेटौडाको बुद्धचोक नजिक प्रेसरकुकर बम राखिएको थियो । बम राखेको थाहा पाउने बित्तिकै प्रहरीले नेपाली सेनालाई खबर गरेर बिहान ५ बजेतिर बम निष्क्रिय गरिएको भट्टराईले बताए ।

सेनाको टोलीले प्रेसर कुकर बम डिस्पोज गर्दा ठूलो आवाज आउँदा स्थानीय वासिन्दा तर्सिएका थिए । विप्लपको बन्दका क्रममा हेटौडा बजार पूरै सुनसान बनेको छ । कुनै पनि साना ठूला सवारीसाधन चलेका छैनन् भने बजार पनि बन्द रहेको छ । काठमाडौंमा बम विस्फोट हुँदा चार जनाको मृत्यु भएको छ ।

सम्बन्धित शिर्षकहरु