काठमाडौं । नम्रता उप्रेतीको संयोजकत्वमा जरो र किलो अन्तर्राष्ट्रिय शक्ति इजरायल तदर्थ समिति गठन भएको छ । अक्षय तृतीयको शुभअवसरमा १९ जनाको तदर्थ समिति गठन भएको छ । जसमा नम्रता उप्रेती, संयोजक तीर्थराज जोशी, सचिव र अनुष्का कडरिया कोषाअध्यक्ष रहेका छन् अन्य सदस्यमा सदस्यहरू :-
४. पबित्रा बजगाई क्षेत्रि
५. अंजिता पौडेल
६. भिमकुमारी मगर
७. मिरा दास
८. सिता पोख्रेल भुषाल
९. कमला भण्डारी ढ़क़ाल
१०.प्रणामी श्रीकृष्ण
११. सावित्रा लुइँटेल घिमिरे
१२. हरिश खरेल
१३. मेनुका बस्नेत
१४. सुबास थापा
१५. सोम पाठक
१६. लोकराज कडेल
१७. टिकाराम तिम्सिना
१८. राजन कार्की
१९. सावित्रा गौतम लम्साल
के हो जरो-किलो ?
जरो र किलो नेपालमा भएको अन्तर्राष्ट्रिय शक्ति The Root And Locus International Movement को कार्यक्षेत्र सारा विश्व हो । पछि यसको सदस्यता संसारका सबै देशका, सबै धर्मका, सबै भाषाका, सबै जातिका, सबैथरि व्यक्तिहरुले लिन सक्नेछन् (यदि उनीहरु नेपाललाई नयाँ वैश्विक संरचना को अग्रणी एवं केन्द्र बनाउन सहमत हुन्छन् भने) । हालचाहिँ यसको सदस्यता संसारका सबै देशमा रहेका नेपालीमूलका व्यक्तिहरु (People of Nepali origin) ले लिन सक्नेछन् । अल्पकालीन रोजगारीका लागि विदेशमा रहेका, संसारका विभिन्न देशमा स्थायी आवास सुविधा उपभोग गरिरहेका साथै विभिन्न देशका नागरिक भइसकेका, सबैथरि नेपालीजनको सहभागिता यो अन्तर्राष्ट्रिय अभियानमा रहोस् भन्ने हाम्रो प्रयत्न हुनु पर्छ ।
(२) द रुट एण्ड लोकस इन्टरनेसनल मुभ्मेन्ट (The Root and Locus International Movement) को नाम र काम दुवैका हिसाबले नै यो एक अन्तर्राष्ट्रिय संस्था हुने भएकाले यसलाई नेपालभित्रको दलीय राजनीतिक गुटबन्दीबाट टाढा राख्नु जरुरी हुन्छ । अर्थात्, यो एक गैरराजनीतिक संस्था हो, यो सांस्कृतिक, सामाजिक संस्था (non-political, cultural, social organization) हो ।
(३) “जरो र किलो नेपालमै भएको मौलिक रैथाने शक्ति” (The Root and Locus Movement) नेपालभित्र मात्र कार्यक्षेत्र भएको संस्था हो भने द रुट एण्ड लोकस इन्टरनेसनल मुभ्मेन्ट (“जरो र किलो नेपालमा भएको अन्तर्राष्ट्रिय शक्ति”) को कार्यक्षेत्र सारा विश्व हो । “जरो र किलो नेपालमै भएको मौलिक रैथाने शक्ति” (The Root and Locus Movement) र द रुट एण्ड लोकस इन्टरनेसनल मुभ्मेन्ट (“जरो र किलो नेपालमा भएको अन्तर्राष्ट्रिय शक्ति”) सैद्धान्तिक हिसाबले समान विश्वदृष्टिकोण (common Worldview) भएका अलग अलग संस्थाहरु हुन् ।
(४) सैद्धान्तिक हिसाबले समान विश्वदृष्टिकोण भएको हुनाले दुई संस्थाहरुबीच थुप्रै कार्यमा सहकार्य हुनु स्वाभाविक हो । तर यी दुइटा संस्थाको आफ्नो आफ्नो कार्यक्षेत्र छन् र संस्थाको प्रकृति पनि फरक फरक छ । मौलिक रैथाने शक्तिले नेपालको राजनीति, अर्थतन्त्र, शिक्षा सहित समष्टि नेपालको नेतृत्वका लागि राजनीतिक अभियानका रुपमा कार्य गर्नेछ, जो भविष्यमा राजनीतिक पार्टीका रुपमा विकास हुनेछ । तर अन्तर्राष्ट्रिय अभियान “द रुट एण्ड लोकस इन्टरनेसनल मुभ्मेन्ट” चाहिँ सदैव सांस्कृतिक, सामाजिक संस्थाका रुपमा रहनेछ र दलीय राजनीतिबाट पृथक् रहनेछ ।
नेपाललाई वर्तमान सङ्कटको सङ्क्रमणबाट मुक्त गराउने, विश्वका विकसित देशहरुको समूहमा पुर्याउने र अन्ततोगत्वा विश्वको अग्रणी बनाउने उद्देश्यले “जरो र किलो नेपालमै भएको मौलिक रैथाने शक्ति” (The Root and Locus Movement) स्थापना हुन लागेको हो । नेपाललाई नयाँ वैश्विक संरचनाको अग्रणी एवं केन्द्र (the leader and center of new global order in the making) बनाउनका लागि संसारका सबै देशका, सबै धर्मका, सबै भाषाका, सबै जातिका, सबैथरि मानवसमक्ष हाम्रो सन्देश पुर्याउनु र उनीहरुले हाम्रो आह्वानलाई स्वीकार गरी सहयोग समेत गर्नु अनिवार्य हुन्छ; नत्र नेपाललाई नयाँ वैश्विक संरचना को अग्रणी एवं केन्द्र बनाउन सकिँदैन । संसारभरका नेपालीइतर मानवहरुले पनि नेपाललाई नयाँ वैश्विक संरचनाको अग्रणी एवं केन्द्र बनाउने हाम्रो महाअभियानमा हाम्रो मद्दत गर्न सकून् भन्ने ख्याल राखी सोहीअनुरुप तयारी गर्नु हाम्रै कर्तव्य हो ।
प्रथमत: संसारभरि रहेका नेपालीजनको सहृदयी सहभागिता “जरो र किलो नेपालमै भएको मौलिक रैथाने शक्ति” (The Root and Locus Movement) मा हुनु नै यसका लागि सार्थक आरम्भ हुनेछ । तसर्थ, अल्पकालीन रोजगारीका लागि विदेशमा रहेका, संसारका विभिन्न देशमा स्थायी आवास सुविधा उपभोग गरिरहेका साथै विभिन्न देशका नागरिक भइसकेका, सबैथरि नेपालीजनको सहृदयी सहभागिता र सहयोग वाञ्छनीय छ । संसारभरि रहेका नेपालीजनको सहृदयी सहभागिताका लागि “जरो र किलो नेपालमा भएको अन्तर्राष्ट्रिय शक्ति” (“The Root and Locus International Movement”) पनि आरम्भ गरिएको छ । “जरो र किलो नेपालमा भएको अन्तर्राष्ट्रिय शक्ति” (“The Root and Locus International Movement”) ले “जरो र किलो नेपालमै भएको मौलिक रैथाने शक्ति” (The Root and Locus Movement) को वैश्विक मञ्च “Global Platform of the Root and Locus Movement” को रुपमा कार्य गर्नेछ । यसमा संसारका सबै देशका, सबै धर्मका, सबै भाषाका, सबै जातिका, सबैथरि मानव सहभागी हुन सक्नेछन् ।
तत्कालचाहिँ संसारका विभिन्न देशमा रहेका नेपालीजनको लागि यस “जरो र किलो नेपालमा भएको अन्तर्राष्ट्रिय शक्ति” (“The Root and Locus International Movement”) को सदस्यता खुला गरिएको छ । स्वागतम् !!! Q & A: The Root and Locus International Movement Q: What is the Root and Locus International Movement? A: The Root and Locus International Movement is a global movement initiated by Dr. Nirmala Mani Adhikary envisioning Nepal as leader and center of new global order in the making. Q: What are the objectives of the Root and Locus International Movement? A: The following are major objectives of the Root and Locus International Movement currently: (a) To promote unity, harmony, cooperation, communion (in sum: Sahridayata) among the people of Nepali origin across the world (b) To promote Nepal and Nepali culture across the globe in order to contribute for making Nepal the global leader in the future (sooner or later) (c) To support the Root and Locus Movement (Nepal) Q: Who can be member of the Root and Locus International Movement? A: Currently, its membership is open to people of Nepali origin across the world. Later, its membership will be open to all people across the world supporting the vision of making Nepal the global leader.
जरो र किलो नेपालमा भएको अन्तर्राष्ट्रिय शक्ति को केन्द्र अमेरिका हो भने यसका तदर्थ समितिहरु विभिन्न देशहरुमा गठन भएका छन् भने कही देशमा समिति बनाउने काम भैरहेको छ । जरो र किलो नेपालमा भएको अन्तर्राष्ट्रिय शक्तिले नेपालमा जरोकिलो महाअभियान अन्तर्गतको निम्न लिखित संस्थाहरु सँग सहकार्य गर्दै आएको छ ।
जरो किलो महाअभियानका विशिष्टीकृत संस्थाहरु :- १. जरो किलो प्रतिष्ठान नेपाल /Jarokilo pratishthan Nepal
२. सहृदयता समाज – Sahridayata Society
३. युगनिर्माण महिला समाज नेपाल
४. प्रगतिवादी युवा समाज नेपाल
५. नागरिक फाउन्डेसन
६. अखिल नेपाली विद्यार्थी संघ
७. Sancharyoga Media
८. सहृदय उद्यमशीलता प्रा, लि
९, जरो र किलो नेपालमै भएको मौलिक रैथाने शक्ति








