काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली समाजवादी गणतन्त्र भियतनामका प्रधानमन्त्री गुएन सुआन फुक र कम्बोडियाका प्रधानमन्त्री सम्देह अक्का मोह सेना पडेइ टेको हुन सेनको निमन्त्रणामा भ्रमणका लागि बिहीबार बिहान प्रस्थान जाँदै छन्। यही वैशाख २६–३० र वैशाख ३०–जेठ १ गते हुने सो औपचारिक भ्रमणमा प्रधानमन्त्री पत्नी राधिका शाक्य पनि रहनेछन्। भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले भियतनामका आफ्ना समकक्षी फुकसँग प्रतिनिधिमण्डलस्तरीय द्विपक्षीय वार्ता गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ । प्रधानमन्त्री केपी शर्मा ओली कम्बोडिया र भियतनामको भ्रमणमा जान आज बिहान १० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल जाने क्रममा सडकमा केही समस्या हुने भएको छ ।
भीभीआइपी सवारीका क्रममा बालुवाटार, नक्साल, ज्ञानेश्वर, रातोपुल, गौशाला, तिलगंगा हुँदै विमानस्थल सम्मको सवारी आवागमन रोकिने छ । त्यसको असर चाबहिल, कोटेश्वर, मैतिदेबी लगायतका क्षेत्रमा पनि पर्ने छ ।
बालुवाटारबाट प्रधानमन्त्रीको कार्गेट बिहान १०ः२५ मा छुट्ने छ भने सडकमा त्यसको प्रभाव भने बिहान १० बजेबाट नै पर्ने उपत्यका ट्राफिक महाशाखाले जनाएको छ । साथै, सडक प्रयोग कर्तालाई बैकल्पीक सडकको प्रयोग गर्न ट्राफिक प्रहरीले अनुरोध गरेको छ ।








