बिहानैदेखि मेघ गर्जन सहित मुसलधारे वर्षा,बिहान-बिहानै काठमाडौंमा अन्धकार

काठमाडौं । अघिल्ला दिनहरुमा बिहान केहीबेर घाम लागेर दिउँसो बदली हुने गरेपनि शनिवार भने काठमाडौंको आकाश बिहानैदेखि बादलले ढाकेको छ । अहिले वर्षा भएको छ । घाम लाग्ने बेला डम्म बादल लागेर पानी पर्दा विहान विहानै अन्धकारजस्तो भएको छ । देशका धेरै ठाउँमा अहिले मौसम बदली भएको छ ।

राजधानीमा बिहानैदेखि मेघ गर्जन सहित मुसलधारे पानी वर्षिएको छ। आकाश कालो निलो भएसँगै पानी ओईरिएको छ। राजधानीका चाबहिल,लाजिम्पट बालाजु लगायत क्षेत्रमा मुसलधारे वर्षा भएको छ। भने देशको कयौ ठाउमा पनि पानी परिरहेको छ ।
चैत्र २३ गते (शनिबार) :

दिउँसोः देशको अधिकांस भूभागहरुमा सामान्य देखि पूर्णतया बदली रहनेछ । देशका केहि स्थानहरुमा मेघ गर्जन/चत्यांग सहित हुरी बतासका साथ वर्षाको संभावना देखिन्छ। साथै उच्च हिमाली भू-भागका केहि स्थानहरुमा हल्का देखि मध्यम हिमपातको संभावना देखिन्छ। तराइका भू-भागहरुमा हुरि बतास चल्ने संभावना देखिन्छ |

राति: देशको अधिकांस भूभागहरुमा सामान्यतया बदली रहनेछ । देशको पुर्वी तथा मध्य भू-भागका केहि स्थानहरुमा र पश्चिमी भु-भागका थोरै स्थानहरुमा मेघ गर्जन/चत्यांग सहित हुरी बतासका साथ वर्षाको संभावना रहेको छ। उच्च हिमाली भू-भागका केहि स्थानहरुमा हल्का देखि मध्यम हिमपातको संभावना देखिन्छ। तराइका भू-भागहरुमा सामान्य हुरि बतास चल्ने संभावना देखिन्छ |

चैत्र २४ गते (आइतबार):

दिउँसोः देशभरका धेरैजसो भू-भागहरुमा आंशिक देखी सामान्य बदली रहनेछ । देशको पुर्वी तथा मध्य भू-भागका थोरै स्थानमा, पश्चिमी भु-भागका १-२ स्थानहरुमा मेघ गर्जन सहित वर्षाको संभावना देखिन्छ। राति: देशको पूर्वी क्षेत्रको अधिकांस भूभागहरुमा सामान्य बदली तथा मध्य र पश्चिमी क्षेत्रको भू-भागहरुमा आंशिक बदली रहनेछ । देशको पुर्वी भू-भागका थोरै स्थानमा मेघ गर्जनका साथ हल्का वर्षाको संभावना देखिन्छ। पश्चिम र मध्य तराइका केहि स्थानहरुमा हुरि बतास चल्ने संभावना छ |

चैत्र २५ गते (सोमबार):

दिउँसोः देशभरका धेरैजसो भू-भागहरुमा आंशिक देखी सामान्य बदली रहनेछ । देशको पहाडी भू-भागका थोरै स्थानमा मेघ गर्जन सहित वर्षाको संभावना देखिन्छ। राति: देशभरका धेरैजसो भू-भागहरुमा आंशिक देखी सामान्य बदली रहनेछ । देशको पुर्वी तथा मध्य भू-भागका केहि स्थानमा र पश्चिमी पहाडी भू-भागका एक वा दुई स्थानमा मेघ गर्जनका साथ हल्का वर्षाको संभावना देखिन्छ। पूर्वी र मध्य तराइका केहि स्थानहरुमा हुरि बतास चल्ने संभावना छ |

सम्बन्धित शिर्षकहरु