
गोरखा । गोरखाको मनकामना मन्दिरको छानोमा सुनको जलप लगाइएको छ । २०७२ सालको विनासकारी भूकम्पका कारण क्षतिग्रस्त भएको उक्त मन्दिरको पुनर्निर्माणको काम भइरहेको अवस्थामा मन्दिरको छानोमा सुनको जलप लगाइएको हो । मन्दिरको पुनःनिर्माणको काम ९० प्रतिशत सकिएको मन्दिर जीर्णोद्धार समितिले जनाएको छ ।
मन्दिरको छानोमा सुनको जलप लगाउन ३ करोड ५७ लाख बराबरको १५ किलो सुन खरिद गरिएको समितिले जनाएको छ । मन्दिरको माथिल्लो छानाको पुनर्निर्माणको काम पनि अन्तिम चरणमा पुगेको समितिले जनाएको छ ।
पुनर्निर्माणको सबै काम सम्पन्न गर्न करिब १३ करोड रुपैयाँ लाग्ने समितिले जनाएको छ । जीर्णोद्धारका लागि भक्तजनबाट ८ करोड र सरकारले चार करोड प्रदान गरेको समितिले जनाएको छ ।








