काठमाडौं । वसुन्धारास्थित वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष रोशन गुरुङको घरमा अज्ञात वस्तु बम विस्फोट गराएको छ । अज्ञात समूहले शुक्रबार साँझ उनको घरभित्र पार्किङ गरेर राखिएको कारमा बम विस्फोट गराएको हो । विस्फोटसँगै आगलागी भएको थियो । आगलागीबाट गुरुङको गाडी पूर्ण रूपमा ध्वस्त भएको छ भने घरमा पनि क्षति पुगेको छ।
आगलागीबाट गुरुङको घरका साथै आसपासका केही घरमा सामान्य क्षति पुगेको जनाइएको छ । अहिले घटनास्थलमा प्रहरी र सेना समेत पुगेर अनुसन्धान कार्य सरु गरेको जनाइएको छ । विस्फोटपछि बसुन्धारा क्षेत्रका बासिन्दा त्रसित बनेका छन् । तीनसाता अघि मात्रै पनि ललितपुरको नख्खुमा बम विस्फोट भएको थियो ।








