काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेता तथा पूर्व उपप्रधानमन्त्री भरतमोहन अधिकारीलाई अन्तिम श्रद्धाञ्जलिकालागि नेकपाको केन्द्रीय पार्टी कार्यालय धूम्रबाराहीमा राखिने भएको छ । नेता अधिकारीप्रति श्रद्धाञ्जलि व्यक्त गर्न उनको पार्थिव शरीर आइतबार बिहान ९ बजेदेखि मध्याह्न १२ बजेसम्म धूम्रबाराहीमा राखिने नेकपाका कार्यालय सचिव कृष्णगोपाल श्रेष्ठले जानकारी दिए ।
श्रद्धाञ्जलिकालागि बिहान ८ बजे उनको पार्थिव शरीर पार्टी कार्यालय लगिने कार्यक्रम रहेको छ । श्रद्धाञ्जलिपछि शवयात्रासहित पशुपति आर्यघाटमा अधिकारीको अन्त्येष्टि गरिने सचिव श्रेष्ठले जानकारी दिए ।








