काठमाडौं । मुद्दाको किनारा नै नलागी भरतपुर महानगरपालिकाले २० बिगाहा ८ कठ्ठा जग्गा रंगशाला निर्माण गर्न सम्झौता गरेको हो। फाउन्डेसन र उक्त महानगरबीच रंगशाला बनाउन सम्झौता भएपछि विवाद भएको हो। सर्वोच्च अदालतमा मुद्दा परेको जग्गामा धुर्मुस–सुन्तली फाउन्डेसनलाई अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणको जिम्मा दिइएको छ।
त्रिभुवन विश्वविद्यालयको स्वामित्वमा रहेको ३ सय ५६ बिगाहा जग्गा २०६७ सालमा गठित कृषि तथा वन विश्वविद्यालयले भोगचलन गर्न पाउनुपर्ने माग राखी सर्वोच्चमा मुद्दा हालेको थियो। मुद्दाको किनारा नै नलागी भरतपुर महानगरपालिकाले २० बिगाहा ८ कठ्ठा जग्गा रंगशाला निर्माण गर्न सम्झौता गरेको हो। फाउन्डेसन र उक्त महानगरबीच रंगशाला बनाउन सम्झौता भएपछि विवाद भएको हो।
त्रिविका उपकुलपति प्राडा तीर्थराज खनियाँले करिब ५ वर्षअघि सर्वोच्चमा मुद्दा परेको जानकारी दिनुभयो। स्रोतका अनुसार त्रिविले मुद्दा हाले पनि करिब एक वर्षअघिको मन्त्रिपरिषद् बैठकले उक्त जग्गामध्ये ४० बिगाहा र शक्तिखोरको ३ सय बिगाहा त्रिविलाई उपलब्ध गराउने निर्णय गरेको भए पनि कार्यान्वयन भने भएको छैन। उपकुलपति प्राडा खनियाँले शक्तिखोरको जग्गा त्रिविको नाममा नआएसम्म मुद्दाको किनारा नलाग्ने स्पष्ट पार्नुभयो। महानगरपालिकाका मेयर रेणु दाहालले भने यसको टुङ्गो लगाउन त्रिविसमक्ष आग्रह गर्दै आउनुभएको बताइन्छ। अजको नेपाल समाचारपत्रमा समाचार छ ।








