ट्रिपरको ठक्करबाट ११ बर्षीया बालिकाको मृत्यु, आक्रोशित स्थानीयले ६ ट्रिपर जलाए

काठमाडौं । मोरङबाट बिराटनगर तर्फ जाँदै गरेको ट्रिपरको ठक्करबाट ११ बर्षीया बालिकाको मृत्यु भएपछि आक्रोशित स्थानीयले आधा दर्जन ट्रिपर जलाएका छन । सुन्दरहरैचा नगरपालिका ११ सिसौघारीमा ना ३३ ख ३३५५ नम्बरको ट्रिपरको ठक्करबाट स्थानीय ११ बर्षिया बालिका लक्ष्मी ढकाललाई ठक्कर दिँदा उनको घटनास्थलमै मृत्यु भएको छ । ठक्कर दिई भागेको ट्रिपर अनियन्त्रित भई रुखमा ठोक्किएको थियो । आक्रोसित स्थानीय बासीले त्यसै ठाँउमा ट्रिपरलाई आगो लगाएका थिए । चालक फरार रहेको र ट्रिपर पुर्णरुपमा जलेको प्रहरीले बताएको छ ।

सोही ठाँउमा स्थानीयले घेरा हाली ट्रिपर जलाएपछि प्रहरी पुग्दा समेत आगलागी र भिड नियन्त्रण गर्न हम्मे परेको छ । स्थानीयले सो क्षेत्रमा रहेको ६ वटा टिपर र एक ट्रक जलाईसकेका छन् ।अहिले त्यस क्षेत्रमा ठूलो संख्यामा प्रहरी तैनाथ गरिए पनि अझै भिड नियन्त्रण गर्न सकेको छैन ।

सम्बन्धित शिर्षकहरु