पुस २८, काठमाडौँ- आइतार मात्रै बार्ताबाट जनमुखी संबिधान नबन्ने भएकोले आन्दोलनलाई प्राथमिकता दिने घोषणा गर्नुभएका एनेकापा माओबादीका अध्यक्ष पुष्पकमल दाहाल “प्रचन्ड” लाई संयुक्त राष्ट्रसंघका महासचिव बान कि मुनले एक पत्र लेखी छिटो संविधान निर्माणमा विशेष भूमिका खेल्न आग्रह गर्नुभएको छ ।
मुनले आफ्नो थप सन्देश लिएर राजनीतिक मामिला हेर्ने उप-महासचिव जेफ्री फेल्टमेन आउनेसमेत पत्रमा उल्लेख गर्नुभएको छ । मुनको यो पत्रको बारेमा पद्ममरत्न तुलाधर नेतृत्वको आदिवासी जनजाति राष्ट्रिय आन्दोलनले आयोजना गरेको कार्यक्रममा बोल्दै प्रचण्ड आफैले जानकारी गराउनु भएको हो ।
अध्यक्ष दाहाललाई महासचिव मुनले आज बिहान पत्र पठाएको एमाओवादीका केन्द्रीय सदस्य तथा दाहालका स्वकीय सचिव चुडामणि खड्काले पुष्टि गर्नुभयो । कार्यक्रममा नेपालको शान्ति प्रक्रिया र संविधान निर्माणमा एमाओवादीको भूमिकाबारे अन्तर्राष्ट्रिय स्तरमा ठूलो चासो रहेको दाहालले बताउनुभयो।
सोहि कार्यक्रममा बोल्दै दाहालले आफु बरु मर्न तयार भएको तर परिवर्तनका मुद्दामा सम्झौता गर्न तयार नभएको उद्घोष गर्नुभएको थियो ।








