काठमाडौं । सत्तापक्ष र विपक्षबीच वाकयुद्ध चलिरहेका बेला नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न बालुवाटार पुगेका छन् । कांग्रेस केन्द्रीय समिति बैठकबाट सरकार विरुद्ध आन्दोलन गर्ने निर्णय गरेलगतै देउवा बालुवाटार पुगेका हुन् ।
कांग्रेस केन्द्रीय कार्यालय सानेपाबाट सोझै देउवा आइतवार साँझ बालुवाटार पुगेका छन् । संसदबाट पारित भएको चिकित्सा विधेयक, संबैधानिक निकायमा प्रमुखको नियुक्ति र दुई नेताका नाममा खोलिएका अस्पतालका बिषयमा छलफल हुने भएको छ । प्रधानमन्त्री ओली विदेश भएका बेला संसदबाट चिकित्सा शिक्षा बिधेयक पारित भएको थियो । त्यसपछि कांग्रेसका भात्रृ संगठनहरु सडकमा आन्दोलन गरिरहेका छन् भने नेताहरुबीच बाकयुद्ध चलेको छ । सरकारले बहुमतको दम्भ देखाएको भन्दै कांग्रेसले आन्दोलन घोषणा गरेको छ ।








