सवारी दुर्घटनामा परी सशस्त्र प्रहरीका एसपी पोखरेलको मृत्यु,सिडियोको अवस्था गम्भीर

बारा । बारामा पूर्व पश्चिम राजमार्गको पसहा खोलमा सवारी दुर्घटना भएको छ । प्रमुख जिल्ला अधिकारी गणेश भट्टराई सवार गाडी कर्मचारी मिलन केन्द्र बाराको निजगढमा आयोजित कार्यक्रममा सहभागी भएर पथलैया हुँदै कलैया फर्किन लागेको क्रममा पसहा पूलको पूर्वतिर रोकिएको ट्र्याक्टरमा ठोकिएर ना १ झ १६३३ नम्बरको स्कार्पिओ साँझ साढे ८:३० पल्टेको थियो।

दुर्घटनामा बाराका एपिएफ एसपी बलराम पोखरेलको मृत्यु भएको छ। जिल्ला अधिकारी गणेश भट्टराईको अवस्था पनि नाजुक रहेको छ। अस्पताल आइपुग्नु अघि नै पोखरेलको मृत्यु भइसकेको अस्पतालले जनाएको छ।

 

सम्बन्धित शिर्षकहरु