काठमाडौं । चलचित्र ‘दाल भात तरकारी’को नयाँ गीत सार्वजनिक भएको छ। शुक्रबार काठमाडौंमा एक कार्यक्रमको आयोजना गरी चलचित्रको नयाँ गीत ‘भिजिट भिषामा’ सार्वजनिक गरिएको हो। सार्वजनिक गीतमा हरिवंश आचार्यको शब्द, शम्भुजित बाँस्कोटाको संगीत तथा अन्जु पन्त र निसान भट्टराईको स्वर रहेको छ ।
कविराज गहतराजको कोरियोग्राफी रहेको उक्त गीतमा वरिष्ठ हास्य कलाकार हरिवंश आचार्य, निरुता सिंह, आँचल शर्मा, पुष्प खड्का, वर्षा राउत लगायतका कलाकारहरुको अभिनय रहेको छ। महसञ्चारको ब्यानर तथा किरण केसीको प्रस्तुति रहेको फिल्ममा सुदन केसीको निर्देशन तथा हरिवंश आचायकै कथा लेखन रहेको छ। चलचित्र आउँदो वैशाख १३ गतेबाट प्रदर्शनमा आउने छ।’








