बरामद गर्दा सुन, प्रहरीमा पुग्दा तामा र ढलौट मिसिएको धातु

काठमाडौं । पुस १९ मा प्रहरीले धादिङको गजुरीबाट चार किलो सुनसहित तीन व्यक्तिलाई पक्राउ गरेको भन्दै पत्रकार सम्मेलन गरेको थियो । प्रदेश ३ प्रहरी कार्यालय हेटौँडा र इलाका प्रहरी कार्यालय गजुरीबाट खटिएको टोलीले बरामद गरेको सुनसहित तीन आरोपीलाई सार्वजनिक गरेको थियो। प्रहरीले यसरी बरामद गरेको सुन राजस्व अनुसन्धान विभागमा तत्कालै दाखिला गर्नुपर्छ।

तर, राजस्व अनुसन्धान विभाग भन्दै छ, ‘धादिङमा बरामद भएको भन्दै प्रहरीले बुझाएको सुन होइन, तामा र ढलौट मिसिएको धातु हो।’ नयाँ पत्रिका दैनिक लेख्छ, इलाका प्रहरी कार्यालय गजुरीका इन्स्पेक्टर नवराज ढुंगेल सुन नै बरामद गरेको विश्वासमा सञ्चारमाध्यममा सूचना दिएको बताउँछन्। बरामद भएको सुन नै नक्कली हुन सक्ने अथवा बरामद भएपछि राजस्व अनुसन्धानसम्म पुर्‍याउँदा साटिएको हुन सक्ने दुवै सम्भावना छन्। विभागका महानिर्देशक दीर्घराज मैनाली यस्तो मामिला विभागमा पहिलोपटक आएको बताउँछन्। ‘हामी त छक्कै पर्‍र्यौँ,’ उनले भने ।

सम्बन्धित शिर्षकहरु