
सिड्नी । ताजमानिया नेपाली समाजले अष्ट्रेलियन नेप्लीज मेडिकल एण्ड डेन्टल एसोसीएसन र भुटनीज कम्युनीटी मेम्बर्स अफ हवर्टसँग सहकार्य गर्दै नि:शुल्क् स्वास्थ्य सेवा तथा जाँच २०१७ कार्यक्रमको अायोजना गर्ने भएको छ । कार्यक्रम यहि डिसेम्बर ३० तारीखका दिन मध्यान्न १२ बजेदेखि ४ बजेसम्म् अष्ट्रेलिया स्थित मल्टिकल्चरल हव,६५ हपकिन्स स्ट्रिट, मोन्हामा संचालन हुन गइरहेको छ । कार्यक्रम एनएमडिएका अध्यक्ष डा.घनश्याम चापागाँर्इ, उपाध्यक्ष डा.चन्द्र पोखरेल, संयोजक डा.प्रविन पाठक, कोषाध्यक्ष डा.अन्जु पाण्डे र पुर्व अध्यक्ष तथा सल्लाहकार डा.केशव भट्टरार्इको अगुवार्इमा संचालन हुने भएको हो । इच्छुक व्यक्तिहरूले प्रदिप ढुङ्गाना(०४१२६६८५१६), पुनम पन्त(०४०१८९०४९५) र खड्ग थापा(०४१२१६७५४१)लार्इ सम्पर्क गर्नुहुन अाव्हान गरीएको छ ।








