पर्वतमा बस दुर्घटना, तीन जनाको मृत्यु

पर्वत । पर्वतमा बिहीबार विहान भएको बस दुर्घटनामा तीन जनाको मृत्यु भएको छ । म्याग्दीको बेनीबाट नारायणगढतर्फ जाँदै गरेको बस पर्वतको कुश्मा नगरपालिका १ मालढुङ्गा सुकुम्बासी टोलमा दुर्घटनामा परेको हो । घटना स्थलमा रहेका पर्वतका प्रहरी प्रमुख भुवनेश्वर तिवारीका अनुसार घाइतेलाई उद्धार गरेर उपचारका लागि पठाइएको छ । बाग्लुङ अस्पतालमा २२ जना घाइतेलाई पठाइएको छ । थप विवरण आउन बाँकी छ ।

सम्बन्धित शिर्षकहरु