प्रधानन्यायाधीशमा चोलेन्द्र शमशेर जबराको नाम सर्वसम्मतले स्वीकृत

काठमाडौं । सर्बोच्च अदालतको प्रधानन्यायाधीशमा चोलेन्द्र शमशेर जबराको नाम सर्वसम्मतले स्वीकृत गरेको छ । नाम स्वीकृत भएसँगै जबरा प्रधानन्यायाधीश बन्ने पक्का भएको छ । संसदको सार्वजनिक सुनुवाई विशेष समितिको आजको बैठकले जबरा विरुद्ध परेका उजुरी उपर छलफल गर्दै प्रधान न्यायाधीशमा स्वीकृत गर्ने निर्णय गरेको हो।

समितिले अनुमोदन गरेसँगै नियुक्त भने राष्ट्रपति विद्यादेवी भण्डारीले गर्ने ब्यवस्था छ । वर्तमान प्रधानन्याधीश ओमप्रकाश मिश्रले आजैबाट अवकाश पाउने भएकाले एक महिना अगाडि नै संवैधानिक परिषदले चोलेन्द्रको नाम सिफारिस गरेको हो ।

सम्बन्धित शिर्षकहरु