काठमाडौं । नेपाल र भारतबीच इनर्जी (ऊर्जा) बैंकिङ गर्ने सहमति भएको छ । भारतको राजधानी नयाँदिल्लीमा बुधबार सम्पन्न विद्युत् आदानप्रदान समिति (पावर एक्सचेन्ज कमिटी –पिइसी)को १३औँ बैठकमा दुई मुलुकबीच इनर्जी बैंकिङ गर्ने सहमति भएको हो ।
उत्तर बिहार विद्युत् वितरण कम्पनीमार्फत आयात गरिरहेको विद्युत्को खरिद दर तत्काल परिवर्तन नगर्ने सहमतिसमेत बैठकमा भएको छ । ११औँ पिइसीको निर्णयअनुसार प्राधिकरणले अहिले ३३ र १३२ केभी प्रसारण लाइनमार्फत प्रतियुनिट ६ र ५.५५ भारुमा विद्युत् आयात गरिरहेको छ । नयाँ पत्रिका दैनिकमा विस्तृतमा खबर छापिएको छ ।








