दोस्रो विश्वयुद्धमा जापानले डुबाइदिएको अमेरिकी जहाज ७२ वर्षपछि भेटियो

भदाै ६, असनेपाल न्युज । दोस्रो विश्वयुद्धमा जापानले डुबाइदिएको युएसएस इन्डियानापोलिस नामक एक अमेरिकी जहाज ७२ वर्षपछि फेला परेको छ ।

हिरोसिमामा खसाइएको आणविक बमको केही हिस्सा पुर्‍याएर फर्किने क्रममा जापानी पण्डुब्बीले आक्रमण गरी ३० जुलाई १९४५ का दिन डुबाइदिएको थियो। यसका कारण अमेरिकी नौसेनाको इतिहासमै सबैभन्दा ठूलो क्षति पुग्न गएको थियो । जहाजमा सवार १ हजार १९६ मध्य मात्र ३१६ व्यक्तिको उद्धार भएको थियो। जहाजबाट उद्धार गरिएका मध्ये २० जना अझै जीवित रहेका छन् ।

जहाज डुबेको समाचार अमेरिकी सेनाले पाउन नसक्दा चार दिनपछि मात्रै धेरैजसोलाई सार्कले खाएको अवस्थामा उद्दार गरीएको हो । त्यसको एक सातापछि अमेरिकाले हिरोसिमामा मानव इतिहासमै पहिलो पटक आणविक बम विस्फोट गराएको थियो। भेटीएको उक्त जहाज अमेरिकी नौसेनाको स्वामित्वमा रहने बताइएको छ । मात्र १२ मिनेटमा डुबेको उक्त जहाज शुक्रबार माइक्रोसफ्टका सहसंस्थापक पाउल एलेन नेतृत्वको टोलीले सतहभन्दा १८ हजार फिट तल फेला पारेको हो ।

 

सम्बन्धित शिर्षकहरु