जहाँ दमकल छैन, त्यहाँका मेयरलाई ७० लाखको गाडी

दमक । आगोले जलेर शिवसताक्षी नगरपालिका ७ लालझोताडमा आईतबार राति परिवारका चारै जनाको मृत्यु भयो ।

घटनापछि स्थानीयवासी नगरपालिकाप्रति आक्रोशित देखिए । उनीहरुले मेयर ७० लाखको गाडी चढ्ने तर एउटा दमकल किन्न नसक्ने भन्दै सार्वजनिक आलोचना गरे ।

मेयर चन्द्रकुमार शेर्मा यही बर्ष किनेको ७० लाखको इसुजु डिम्याक्समा हुईँकिन्छन् । ।उपमेयर भोजकुमारी नेपाल टाटासुमो चढ्छिन् । नगरपालिकाका जनप्रतिनिधिले एउटा रोलर, ट्रलीसहितको ट्रयाक्टर, एक टोयोटा गाडी, एक टाटासुमो, १९ मोटरसाईकल र एउटा स्कुटर खरिद गरेका छन् ।

लालझोडाका मुक्तिनाथ दाहालले दमकल नभएकै कारण लक्ष्मण खनालको परिवारलाई बचाउन नसकिएको बताए । अाजको कान्तिपुर दैनिकले खबर छापेको छ ।

सम्बन्धित शिर्षकहरु