उपभोक्ता ठग्ने १२ पेट्रोलपम्पका सञ्चालकलाई तीन वर्ष कैद

काठमाडौं । नेपाल गुणस्तर तथा नापतौल विभागले पेट्रोलियम पदार्थमा ठगी गर्ने १२ वटा पेट्रोलपम्पका सञ्चालकलाई कारबाही गरेको छ। विभागले पछिल्लो एक महिनामा सफ्टवयर प्रविधिको प्रयोग गरी २ देखि ५ प्रतिशतसम्म पेट्रोलियम पदार्थमा ठगी गर्ने १२ पेट्रोलपम्पका सञ्चालकलाई कारबाही गरेको हो।

सबैभन्दा बढी बाराका सातवटा, रूपन्देहीका दुई, काठमाडौं र ओखलढुंगाका एक/एक वटा पेट्रोल पम्पका सञ्चालक कारबाहीमा परेका छन्। बाराका विजय आयल स्टोर, ममता आयल स्टोर, स्वस्थानी आयल स्टोर, अमित आयल स्टोर, शंकर आयल स्टोर, हरिओम आयल स्टोर र जयविकास आयल स्टोर, काठमाडौं स्वयम्भूको न्यु बंगलामुखी आयल स्टोर, रूपन्देहीका शंकर पेट्रोलियम र लुम्बिनी लोटर्स आयल स्टोर, कपिलवस्तुको रिया आयल सप्लायर्स र ओखलढुंगाको खुस्बु फ्लु सप्लायर्सका सञ्चाकलाई विभागले कारबाही गरेको हो।

विभागका महानिर्देशक विश्वबाबु पुडासैनीले सफ्टवयर प्रविधिको माध्यमबाट व्यापक मात्रामा उपभोक्ता ठगी गर्ने पेट्रोलपम्पका सञ्चालकलाई कारबाही गरिएको बताए।

सम्बन्धित शिर्षकहरु