अस्ट्रेलियामा जारी विश्वकप क्रिकेटमा भारतद्वारा पाकिस्तान पराजित

काठमाडौ, अस्ट्रेलियामा जारी विश्वकप क्रिकेट प्रतियोगिता अन्तरगत भएको खेलमा भारतले पाकिस्तानलाई ७६ रनले हराएको छ ।

अस्ट्रेलियाको एडिलेडमा आइतबार दिउँसो भएको यी दुई देशबीचको खेलमा पुनः भारत विजयी भएको हो । बिराट कोहलीको सतकीय पारीको मद्धतमा भारतले बनाएको ३ सय रनको स्कोर पच्छयाएको पाकिस्तान ४७ ओभरमा अलआउट हुँदै २२४ मा समेटिएपछि भारतले जित निकालेको हो ।

विराट कोहलीले १ सय ७ रन जोडे भने सुरेश रैनाले ७४ तथा शिखर धवनले ७३ रन बनाउनुभयो । आइतबार बिहान भएको खेलमा दक्षिण अफ्रिकाले विजयी सुरुवात गरेको छ । न्यूजिल्याण्डको ह्यामिल्टनमा भएको खेलमा दक्षिण अफ्रिकाले जिम्बाबेलाई ६२ रनले हराएको हो ।

सम्बन्धित शिर्षकहरु