भोलिदेखि शेयर बजार अनलाइन प्रणालीमा

काठमाडौ । मंगलबारदेखि शेयर कारोवार अनलाइन प्रणालीबाट हुने भएको छ। धितोपत्र बजारको नियामक निकाय नेपाल धितोपत्र बोर्डको निर्देशनअनुसार नेपाल स्टक एक्सचेञ्जले पूर्ण स्वचालित अनलाइन प्रणाली कार्यान्वयनमा ल्याउन लागेको हो। स्टकका प्रवक्ता मुरहरि पराजुलीले अनलाइन कारोबार प्रणालीको सुरवात गर्न लागिएको जानकारी दिए। शेयर कारोबार गर्न चाहने लगानीकर्ताले धितोपत्र दलाल व्यवसायीकहाँ गएर कारोबार सम्बन्धी व्यक्तिगत विवरण खुल्ने खाता खोलेपछि घर, कार्यालय वा जुनसुकै स्थानबाट पनि सहजै कारोबार गर्न सक्नेछन्।

स्टकले गत साउन १ गतेदेखि परिक्षण गरिरहेको पूर्ण स्वचालित अनलाइन प्रणालीमा धितोपत्र दलाल व्यवसायी सबै जोडिएका छन्। उनीहरुले आवश्यक भौतिक तयारीसमेत सबै गरिसकेका छन्। स्टकका प्रवक्ता पराजुलीका अनुसार शेयर कारोवारलाई अन्तर्राष्ट्रिय स्तरको बनाउने लक्ष्यसाथ नयाँ प्रविधि जडान गरिएको हो।

यसअघि शेयर कारोबार गर्न चाहनेले धितोपत्र दलाल व्यवसायीको कार्यालय अनिवार्य रुपमा नै जानुपर्ने बाध्यता रहेको थियो। नयाँ प्रणालीको जडानसँगै कारोबार गर्दै आएकाले दलाल मार्फत ‘युजरनेम र ‘पासवर्ड’ प्राप्त गर्ने छन् । त्यसका लागि व्यक्तिगत विवरण उपलब्ध गराउनुपर्नेछ।

व्यक्तिगत विवरणका लागि इमेल ठेगाना र मोबाइल नम्बर अनिवार्य गरिएको छ। पूर्ण स्वचालित अनलाइन प्रणालीको कार्यान्वयनसँगै शेयर बजारमा सर्वसाधारणको पहुँच क्रमिक रुपमा बढ्दै जाने र सो प्रणाली नेपालको पूँजी बजारको कोशेढुंगा सावित हुने विश्वास नेप्सेले लिएको छ। रासस

सम्बन्धित शिर्षकहरु


  • भारतको ६९ औं स्वतन्त्रता दिवसको अवसरमा आज प्रज्ञाभवनमा आयोजित सांस्कृतिक कार्यक्रममा गजल प्रस्तुत गर्दै […]
  • वडाध्यक्षमा ८७ वर्षीय वृद्दको उम्मेदवारी
    असार ४ । काठमाडौं, असार १४ गते हुन गइरहेको दोस्रो चरणको स्थानीय तहको निर्वाचनको लागि आज बिहान देखि […]
  • सबै प्रदेशमा विमानस्थलको पहुँच, कुन प्रदेशमा कति ?सबै प्रदेशमा विमानस्थलको पहुँच, कुन प्रदेशमा कति ?
    काठमाडौं । देशका सबै प्रदेशमा विमानस्थलको पहुँच छ । विमानस्थलहरु हुँदाहुँदै पनि नियमित हवाई सुविधा नहुँदा […]

  • भक्तपुर दरबार स्क्वायरमा रहेको ५५ झ्याल दरबार, सुनको ढोका, भक्तपुर संग्रहालयलगायत विभिन्न ऐतिहासिक कलाकृतिको […]

  • राष्ट्रपति कार्यालय शीतलनिवासमा बिहीबार आयोजित विशेष समारोहमा प्रधानन्यायाधीश कल्याण श्रेष्ठले नवनिर्वाचित […]
  • मोरङको पेट्रोल खानीबारे सत्यतथ्य विवरण सार्वजनिक गर्न मागमोरङको पेट्रोल खानीबारे सत्यतथ्य विवरण सार्वजनिक गर्न माग
    काठमाडौँ । मोरङको बाहुनी १० स्थित राधानगरमा रहेको भनिएको पेट्रोल खानीबारे सत्यतथ्य विवरण सार्वजनिक गर्न […]