भदौं १३, रामेछाप । रामेछापको उमाकुण्ड गाउँपालिकामा दशैँको लागि ल्याएको राँगोले आतंक मच्चाएपछि नियन्त्रणमा लिन गोली प्रहार गर्नु परेको छ । चन्द्रबहादुर श्रेष्ठले ३० हजार रुपैयाँमा ल्याएकाे रागो भागेर गाउँमा भेटेका मानिसलाई हान्दै हिँडेपछि प्रहरीले गोली नै चलाएको हो ।
राँगोको आक्रमणबाट रामेछापको जिल्लाको उमाकुण्ड गाउँपालिका वडा नं ५ अध्यक्ष कुबेर खत्रीसहित चार जना घाइते भएका छन्। घाइते हुनेमा एक जना प्रहरी जवानसहित स्थानीय रामबहादुर नेपाली र मानबहादुर सार्की रहेको प्रहरीले जनाएको छ ।








