एनआईसी एशिया बैंकको नयाँ शाखा भोजपुरको दिङ्गलामा

काठमाडौं । एनआईसी एशिया बैंकले भोजपुरको षडानन्द नगरपालिकास्थित दिङ्गलामा नयाँ शाखा कार्यालय सञ्चालनमा ल्याएको छ। दिङ्गला शाखाको षडानन्द नगरपालिकाका मेयर विरबल राईले शुक्रबार एक समारोहबीच उद्घाटन गरे।

एनआईसी एशिया बैंक मुलुकभर २६४ शाखा कार्यालयहरु, २६२ एटिएम, २६ वटा एक्सटेन्सन काउण्टर एवं १८ वटा शाखा रहित बैंकिङ्ग ईकाई मार्फत बैंकिङ्ग सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हुन सफल भएको छ।

सम्बन्धित शिर्षकहरु