साझाले ल्यायो विद्युतीय बस,काठमाडौंका मेयरसँग प्रधानमन्त्रीको सिंहदरबार यात्रा !

काठमाडौं । साझा यातायातले काठमाडौंमा विद्युत्तीय बस सेवा शुरू गरेको छ । एसियाली विकास बैंक (एडीवी)को आर्थिक सहयोगमा साझाले विद्युतीय बस सञ्चालनमा ल्याएको हो। विद्युत्तीय बस सेवाको ललितपुरको पुल्चोकस्थित हरिहर भवनमा आयोजित एक कार्यक्रमका बीच प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार बिहान उद्घाटन गरेका हुन् । उद्घाटनसँगै प्रधानमन्त्री ओली सोही बसमा कार्यालय सिंहदरबार पुगेका थिए।
साझाले उपत्यकाको बढ्दो प्रदूषणलाई नियन्त्रण गर्ने उद्देश्यका साथ ५ वटा विद्युत्तीय बस सञ्चालनमा ल्याएको बताएको छ । चालकसहित २० सिटको क्षमताका ती बसहरुमा सीसी क्यामेरा जडान गरिएका छन् ।

सम्बन्धित शिर्षकहरु