प्रधानमन्त्रीको निर्वाचनमा सहभागी हुन्छौँ उपाध्यक्ष रावल काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का उपाध्यक्ष भीमबहादुर रावलले स्वतन्त्र न्यायपालिकाको निर्णयलाई स्वीकार गरेर पार्टी अगाडि बढ्ने बताएका छन् । उनले प्रधानमन्त्रीको निर्वाचन प्रक्रियामा सहभागी हुने संकेत गरेका हुन् । सोमबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा उपाध्यक्ष रावलले चितवनको भरतपुर महानगरपालिकाको मतपत्र च्यातिएको घटनाका बारेमा सर्वोच्च अदालतले जे निर्णय गरेपनि उक्त निर्णयलाई आफ्नो पार्टीले स्विकार गर्ने र भोलि हुने प्रधानमन्त्री चयन प्रक्रियामा संसद अवरोध नगर्ने विचार व्यक्त गरेका हुन् । उनले भने चितवनमा मतपत्र च्यात्ने काममा सत्तापक्षको नै मुख्य दोष छ त्यहाँ मतपत्र मात्रै च्यातिएनन् जनताका मत र मनपनि च्यातिएका छन् । साक्षात्कारमा बोल्दै रावलले भोलि हुने प्रधानमन्त्री निर्वाचन प्रक्रियामा आफ्नो दलले भाग लिने जनाएका छन् । यद्यपि उनले प्रधानमन्त्रीका उम्मेद्धवार कांग्रेस सभापति शेरबहादुर देउवाको विपक्षमा आफ्नो दलले मत हाल्ने बताए । उनले भने हामी भोलि हुने प्रधानमन्त्री निर्वाचन प्रक्रियामा भाग लिन्छौं तर देउवाजीको विपक्षमा मत हाल्छौं । त्यस्तै एमाले अहिले सरकारमा जाने मनस्थितिमा नरहेको जिकिर गरे । उनले आगामी असार १४ गते हुने दोस्रो चरणको स्थानीय तहको निर्वाचन शान्तिपूर्ण र भयरहित हुन ध्यानाकर्षण समेत गरे । उनले भने दोस्रो चरणको निर्वाचन स्वतन्त्र, निष्पक्ष, धाँधलीरहीत र शान्तिपुर्ण हुनुपर्छ । उनले जनताको मतको कदर सुनिश्चित हुनुपर्नेमा समेत जोड दिए । रावलले गत बैशाख ३१ गते सम्पन्न भएको पहिलो चरणको निर्वाचन पनि चुनौतीकावीच नै सम्पन्न भएको उल्लेख गर्दै भने पहिलो चरणको निर्वाचनमा पनि धेरै चूनौतीहरु थिए विभिन्न शंका तथा आंशका हुँदापनि निर्वाचन सम्पन्न भएको छ अब दोस्रो चरणको निर्वाचन हुन गैरहेको छ यसमा पनि केही चूनौतिहरु छन तर सरकार निर्वाचनप्रति कटिबद्ध रहे दोस्रो चरणको निर्वाचन समयमै र शान्तिपूर्ण तरिकाले सम्पन्न हुन्छ यसमा म विश्वस्त छु ।
सम्बन्धित शिर्षकहरु
विश्वकै महँगो गोलकिपर बन्दै ब्राजिलका अलिसन लिभरपुलमा अनुबन्धित
एजेन्सी । विश्वकै महँगो गोलकिपर बन्दै ब्राजिलका अलिसन लिभरपुलमा अनुबन्ध भएका छन्। रोमालार्इ […]
गर्भ बसेपछि प्रेमिकाको हत्या
पर्वत । आफ्नै प्रेमिकालाई हत्या गरी कालीगण्डकी नदीमा फाल्ने एक युवक प्रहरीद्वारा पक्राउ परेका छन् । पर्वत […]
मलेसियामा श्रमिकको तलव बढ्दै, लाखौँ नेपाली कामदार लाभान्वित
काठमाडौं । नेपाली श्रमिकका लागि रोजगारीको प्रमुख गन्तव्य मुलुक मलेसियामा स्वदेशी तथा विदेशी श्रमिकहरुको […]
पर्यटकहरुलाई पनि प्रवेशाज्ञा दिने साउदी अरबको निर्णय,सर्त भने कडा
रियाद । साउदी अरबले पहिलो पटक पर्यटकहरुलाई पनि प्रवेशाज्ञा दिने निर्णय गरेको छ । अति रुढीवादी मुस्लीम मुलुक […]
नेपाली विद्यार्थीहरुका लागि अष्ट्रेलिया यात्रा थप मुस्किल,नेपाललाई लेभल थ्रीमा झारियो
अष्ट्रेलिया । नेपाली विद्यार्थीहरुका लागि अष्ट्रेलिया यात्रा थप मुस्किल बनेको छ । अष्ट्रेलियाको आन्तरिक […]
अष्ट्रेलियामा हुनुहुन्छ ? अष्ट्रेलियाको कुन शहरमा कति बजे दशैंको टीकाको उत्तम साइत
अष्ट्रेलिया । अन्तराष्ट्रिय पञ्चाङ्ग निर्णय समितिले नेपालीहरुको बसोबास रहेको विभिन्न देश तथा शहरका लागि […]


