यी हुन् १० वर्षीया श्रेयाको हत्या गर्ने छिमेकी,यस्तो छ घटना विवरण

काठमाडौं । प्रयासको प्रतिकार गर्दा १० वर्षीया बालिका श्रेया विकको हत्या भएको खुलेको छ । घटनामा संलग्न भएको अभियोगमा कास्की प्रहरीले २७ वर्षीय कुसुम पौडेललाई पक्राउ गरी सार्वजनिक गरेको छ । अभियुक्त पौडेल छिमेकी हुन् । मंगलबार बिहान शव भेटिएपछि प्रहरीले हत्याराको खोजी गर्न तालिम प्राप्त कुकुर परिचालन गरेको थियो । उक्त कुकुर शव भेटिएको एक सय मिटर पर पुगेर अल्मलिएको थियो ।

त्यसैले प्रहरी छिमेकी नै संलग्न भएको निचोडमा पुगिसकेको थियो । घटनास्थलबाट श्रीयाको मामाघर २ मिनेट जति र अभियुक्त पौडेलको घर ५ मिनेट दुरीमा पर्दछ । सोमबार साथीहरुसँग बसेर मदिरा पिएका उनले बालिकालाई एक्लै देखेपछि ५ रुपैयाँ दिएर फकाएका थिए । फेरि १० रुपैयाँ देखाएर बलात्कार गर्न खोज्दा बालिकाले प्रतिकार गरेपछि पानी ट्यांकीमुनि झाडीमा धकेलिदिएको प्रहरी अनुसन्धानबाट खुलेको छ ।
उनले फेरि बलात्कार गर्न खोज्दा बालिका चिच्याएपछि दुबै हातले घाँटी थिचेका थिए । बालिका बेहोस भएपछि मृत्यु भएको ठानेर पौडेलले ढुंगाले अनुहार र टाउकोमा हानेर हत्या गरेको भेटिएको कास्की प्रहरीले जनाएको छ । बालिकाको हत्यापछि उनी पुनः भट्टीमा पुगेका थिए । श्रेया सोमबार विद्यालयबाट फर्कनेबित्तिकै बिस्कुट किन्न पसल गएकी थिइन् तर, त्यही बेला मदिराले लठ्ठ भएका पौडेलले बलात्कार प्रयास गरी हत्या गरेको खुलेको छ ।

यस्तो छ घटना विवरणः
श्रीया मामाघर नै बस्थिन् । स्थानीय लीला आधारभूत माविमा उनी ३ कक्षामा पढ्थिन् । मंगलबार पनि उनी स्कुल गईन् । हजुरआमा मेला गएकी थिईन् । खाजा खानेबेला पानी आएको थियो । स्कुलबाट श्रीया सार्थीसँगै फर्किरहेकी थिईन् । ओँत परेर बसेकी हजुरआमासँगै स्कुलबाट फर्केकी श्रीया बसिन् । हजुरआमाले खाजा खाईसकेको र चिया खान बाँकी रहेकाले त्यो चिया श्रीयाले खाईन् ।

पानी बिदा भएपछि उनकी साथी आफ्नो घरतिर गईन् । हजुरआमा नातिनी सँगै घर फर्के । कपडा फुकालेपछि भोक लाग्यो भनिन् । माइजुले खाजा बनाएको होला खाउ भनेर हजुरआमाले भनिन् । पाँच रुपैंया लेउ भन्दै ढिपी कसिन् । हजुरआमाले पाँच रुपैंया दिईन् । टिभी हेरेर बस भनेर मामा र हजुरआमा घाँस काट्न गए । घाँस लिएर आउँदा श्रीया भेटिनन् । भोटे भोटे भनेर हजुरआमाले बोलाईन् । कतै सुनिएन । कान्छी फुपु, हजुरबुबा कसैलाई पत्तो भएन ।

पाँच रुपैंया पाएपछि श्रीया पाँच मिनेटको दुरीको पसलमा समेत पुग्न पाइनन् । मेलामा हजुरआमाको भाग चिया मात्र खान पाएकी थिईन् । घरमा माइजुसँग खाजा पनि खाईनन् । हजुरआमाले दिएको ५ रुपैंया लिएर उनी नजिकैको पसलतिर दौडिन् । यो मंगलबार ५ बजेपछिको समय हो ।

खाजा पसल त्यो गाउँकै जक्शन हो । जहाँ बेलुकी समय भिडभाड हुने गर्दछ । केटाहरु भेला हुन्छन् । स्थानीय २७ वर्षीय कुशम पौडेलले पसलमा रक्सी खाए । उसको ग्याङमा ५ जना थिए । गाँजा पनि खाए । कुशुमले ब्याग पनि बोकेका थिए । प्रत्यक्षदर्शीका अनुसार असिन पसिन देखिन्थ्यो ।

बेलुकी ६ बजेपछि पाँच जना आ आफ्ना घरतिर लागे । पसलमा खुकुरी चुरोट किने अनि कुशुम पनि घर हिँडे । श्रीया हातमा पाँच रुपैंया नोट बोकेर आइरहेको देखे । कोदीको झाडी भएको ठाउँ देखेपछि कुशुमको मनमा एकाएक पाप पलायो । उसले आफूतिर बोलाए । ५ रुपैंया लिएर पसल हिँडेको रु आउ म दिन्छु पैसा भने, हजुरआमासँग ५ रुपैंया पाएर फुर्फुर हुँदै गएकी बालिका छिमेकी मामाले भनेपछि नजाने कुरै भएन ।

त्यसपछि कुशुमले श्रीयालाई समाते । श्रीया रुनकराउन थालिन् । बालिकाको घाँटीमा समाते । झनै कराउन थालेपछि भिरालो झाडीमा फालिदिए । त्यसपछि, आफै बाटो तल झरेर अर्धबेहास् श्रीयाको शरीरमाथि खेले । बालिका रक्ताम्ये भईन् । इज्जत मात्र लुटेनन्, तिखो ढुंगाले अनुहार टाउको क्षतविक्षत हुने गरी ढुंगाले कोपे । जमिन खोस्रेर टाउको माटोमा गाडिदिए ।

त्यसपछि कुशुम घर फर्के । घरमा श्रीमती र ८ वर्ष जतिको छोरा छ । कुशुमले कसैले थाहा नपाउने गरी कपडा धोए र सुकाए । श्रीयालाई राती अबेरसम्म खोजी गरियो भेटिएन । बिहान स्थानीय तुलसी प्रसाद ढकालले अर्का एक जना लिएर खोज्न हिँडे । बाटोमा डिल भत्केको देखियो । झाडीमा न उत्तानो, न घोप्टो परेको अवस्थामा माथि कपडा सोहोरिएको, तल घुँडा मुनी सुरुवाल झरेको अवस्थामा अर्धनग्न शव भेटियो । ढकालले बालिकाकी हजुरबुबालाई खबर गरे । हजुरबुबा प्रहरीलाई खबर गर्न झरेका थिए ।

को हुन् अभियुक्त कुशुम पौडेल ?
पोखरा २२ पुम्दीभुम्दकीका कुशुम पौडेलको घरमा श्रीमती र छोरा छन् । बुबा आमासँग छुट्टै बस्थे । काम केही छैन । मलेसिया र कतार गएर फर्किएका थिए । एक डेढ वर्ष अघि फर्केर घरमै थिए ।

लेकसाइडमा जान्छु भनेर निस्कन्थे । कन्स्ट्रक्शन लेबरमा काम गर्थे । गाउँतिर हल्लियो । रक्सी गाँजा खायो । श्रीमतीले ५० हजार बढी पैसा छोरोको पढाई खर्चका लागि ऋणमार्फत जोहो गरेकी थिईन् । त्यही पैसा लिएर कता गए कता ? घर फर्केको तीन साता पनि भएको थिएन ।

सम्बन्धित शिर्षकहरु