सुन तस्करी प्रकरण: निलम्बित एसपी विकासराज खनाल तारेखमा रिहा

काठमाडौं । साढे ३३ किलो सुन तस्करी प्रकरण र मोरङ उर्लावारीका सनम शाक्यको हत्या प्रकरणमा जिल्ला अदालतको आदेशअनुसार थुनामा रहेका प्रहरीका निलम्बित एसपी विकासराज खनाल तारेखमा रिहा भएका छन् ।

उच्च अदालत विराटनगरका न्यायाधीश नागेन्द्रलाभ कर्ण र थीरबहादुर कार्कीको संयुक्त इजलाशले खनाललाई तारेखमा रिहा गर्न आदेश दिएको हो । यसअघि उच्च अदालतले एसएसपी दिवेश लोहनी र प्रजित केसीलाई पनि रिहा गर्न आदेश दिएको थियो ।

साढे ३३ किलो सुन तस्करी र सनम शाक्य हत्या प्रकरणमा जिल्ला अदालतको आदेशअनुसार थुनामा रहेर उच्च अदालतले रिहा गरेका निलम्बित प्रहरी अधिकारीमा खनाल तेस्रो हुन् । उच्च अदालत विराटनगरले यसअघि गत शुक्रवार प्रहरीका निलम्बित वरिष्ठ उपरीक्षक (एसएसपी) दिवेश लोहनी तथा आइतवार निलम्बित प्रहरी नायव उपरीक्षक (डिएसपी) प्रजित केसीलाई साधारण तारेखमा रिहा गर्न आदेश दिएको थियो ।

 

सम्बन्धित शिर्षकहरु