मुस्ताङ र मनाङको हिम पहिरोमा २४ जनाको शव भेटियो, दुई सय अझै सम्पर्क बाहिर

म्याग्दी : हिमपहिरोमा परेर मृत्यु भएका २४  जनाको शव भेटिएको छ। मुस्ताङमा १६ र मनाङमा ८ जनाको शव भेटिएको छ। दुई सयभन्दा बढी मानिस अझै सम्पर्कमा आएका छैनन्

मुस्ताङका प्रमुख जिल्ला अधिकारी बाबुराम भण्डारीका अनुसार मुस्ताङको हिम पहिरोमा सबा तीन बजेसम्म १६ जनाको शव भेटिएको छ। दुई सय अझै बेपत्ता अवस्थामा रहेको जानकारी भण्डारीले दिए। मृत्यु हुनेमा नौजना नेपाली, तीन इजरायली, तीनजना पोल्यान्ड, एकजना भेतनामका छन्।

भण्डारीका अनुसार मनाङबाट थोरङलापास हुँदै पाँचसय जना मुस्ताङमा प्रवेश गरेकोमा दुई सय पचासजना सम्पर्कमा आएका छन् भने दुई सयभन्दा बढी बेपत्ता छन् । बेपत्ता भएका मानिसको खोजी कार्यका लागि सुरक्षाकर्मीसहितको टोली खटिएको छ।

साभार अन्नपुर्ण पोस्ट

सम्बन्धित शिर्षकहरु