अस्ट्रेलिया आईपुगेका एक विध्यार्थी बने विश्वकै पहिलो नेपाली पानीजहाज क्याप्टेन

-भीमसेन सापकोटा
सिड्नी।
अस्ट्रेलिया आईपुगेका एकजना नेपाली आफ्नो निरन्तर प्रयासका कारण यहाँंको पहिलो नेपाली  पानी जहाज क्याप्टेन  बन्न पुगेका छन्। हाल ७ हजार घण्टा सम्मको सफलता पुर्वक पानीजहाज चलाइसकेका ब्राम पाण्डेको  नेपाली नाम भने कैलाश पाण्डे हो ।  साहस र लगनसिलतानै आफ्नो सफलताको रहस्य भएको बताउने पाण्डे विदेशमा आएर पनि अवसर चिन्न सकिएन र समय अनुसार आफुलाई अगाडि बढाईेएन भने आफ्नो देश छाडेको अर्थ नरहने बताउछन।10417773_10152450057507169_15563737917485640_n

हाल उनि यसै विषयमा स्नाकोत्तर गरि सिडनी हार्वर  हाउस बाट विभिन्न सामुद्रिक यात्रामा छुट्ने साना वा  ठुला जहाजहरूका कमान्डर हुन्। अन्तरदेशीय तथा अन्तर्‍ास्ट्रिय जहाज चलाऊन हरेक दिन ब्यस्त रहने ब्राम आफु  जल, थल र हवाइ सबै खाले सवारीको चालक बन्ने तयारी गरिरहेको बताउछन्। उद्दार  हेलीकोप्टर समेतको  पाइलट बन्ने तयारीमा रहेका पाण्डे आफु स्टिवर्ड पद बाट यो पेशामा प्रवेश गरेको र कम्पनिकै खर्चमा अध्ययन समाप्त गरि यो उचाइमा पुगेको बताउंछन। सयौं यात्रुहरू र जहाज भित्र कार्यरत  सबै  स्टाफहरूको  इन्चार्जका रुपमा आफुले जिम्वेवारी बहन गर्ने गरेको बताउने पाण्डे हाल ३१ वर्षका मात्र हुन्। नेपालमा पाल्पा जिल्ला मा जन्मिएका पाण्डे ७वर्ष अघि अस्ट्रेलियामा अध्ययनका लागि आइपुगेका  हुन्। अस्ट्रेलियामा मात्र नभएर सम्भवत विश्वमै पहिलो र  कम उमेरको नेपाली  क्याप्टेन बन्ने सौभाग्य आफुलाई नै मिलेको बताउने पाण्डे  आफु नेपाललाई प्राविधिक र अन्य  रुपमा सघाउने गृहकार्यमा छन् । आफुभित्र लुकेको प्रतिभालाई आँफैले उजागर गर्नु पर्ने र यसका लागि मात्र प्रतिवद्दता जरुरी  हुने उनको भनाइ छ।  समुद्र नभएको देशको एउटा नेपाली नागरिक  सामुद्रिक यात्राका प्रसिद्द पानी जहाज चलाउछ  भन्ने खवर यस क्षेत्रका अन्यलाई समेत नौलो विषय बन्न पुगेको उनका सहकर्मि बताउछन ।

सम्बन्धित शिर्षकहरु